एमालेले आजको संसद् बैठक पनि अवरोध गर्ने
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि संसद अवरोध गर्ने जनाएको छ।
एमाले प्रमुख सचेतक पदम गिरिले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग गरे पनि सरकारले त्यसमा चासो नदेखाएकाले सोमबार बस्ने प्रतिनिधि सभा बैठक चल्न नसक्ने जानकारी दिए।
यस्तै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सुन तस्करी सेटिङमा भइरहेको र आफुहरुले उच्चस्तरिय छानबिन आयोग गठनको माग गरेकोमा सरकारले त्यसमा चाँसो नदेखाएको बताए। प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ।
‘चार्ल्स शोभराजले नेपालको एअरपोर्टबाट हात्ती छिराउँछु भनेका कुराहरुबाट थाहा पाईन्छ नि त के हो भनेर? राजश्वले १० दिन अगाडी सूचना पाउँदा यो देशका गृह र अर्थ मन्त्रालयले यो कुरा थाहा पाएकी पाएन? के भएर यत्रो उत्पात भएको छ? यो सब निश्कर्षमा पुग्ने भनेको उच्चस्तरिय छानविन् नै हो। यस्तो कुरामा गृह र अर्थ मन्त्रालयको विषेश जिम्मेवारी छ भन्ने हाम्रो भनाई हो। यो कुरा हामी हाम्रो माग पुरा नभएसम्म उठाईरहन्छौँ,’ नेम्बाङले नेपालवाचसँग भने।
गत बुधबार बसेको बैठकमा पनि एमाले सांसदहरूले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै अवरोध गरेका थिए।
ताजा अपडेट
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिलाई सारियो


प्रतिक्रिया