मधेश प्रदेशमा जनमत पार्टीबाट मन्त्री बनेका २ जनाले यस कारण दिए राजीनामा
काठमाडौं। मधेश प्रदेशका २ जना मन्त्रीले राजीनामा दिएका छन्।
जनमत पार्टीका २ जनामन्त्रीले पार्टीको निर्देशनमा राजीनामा दिएको जनाईको छ। राजीनामा दिनेमा बसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादव रहेका छन्। कुशवाहा विना विभागीय मन्त्री हुन् भने यादव पनि विना विभागीय राज्यमन्त्री हुन्।
कुशवाहा यसअघि भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्री थिए। पछि उनले सम्हालेको मन्त्रालय खोसेर जेठ ९ मा एकिकृत समाजवादीका गोवीन्द न्यौपानेलाई नियुक्त गरिएको थियो।
अब उनीहरूको स्थानमा अन्य दुई जनालाई सरकारमा पठाउने तयारी गरिएको छ। जनमत पार्टीले मन्त्रीमा चन्दन सिंह र राज्यमन्त्रीमा मञ्जु खंगलाई पठाउने तयारी गरेको छ। मुख्यमन्त्री सरोज यादवले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया