मधेश प्रदेशमा जनमत पार्टीबाट मन्त्री बनेका २ जनाले यस कारण दिए राजीनामा
काठमाडौं। मधेश प्रदेशका २ जना मन्त्रीले राजीनामा दिएका छन्।
जनमत पार्टीका २ जनामन्त्रीले पार्टीको निर्देशनमा राजीनामा दिएको जनाईको छ। राजीनामा दिनेमा बसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादव रहेका छन्। कुशवाहा विना विभागीय मन्त्री हुन् भने यादव पनि विना विभागीय राज्यमन्त्री हुन्।
कुशवाहा यसअघि भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्री थिए। पछि उनले सम्हालेको मन्त्रालय खोसेर जेठ ९ मा एकिकृत समाजवादीका गोवीन्द न्यौपानेलाई नियुक्त गरिएको थियो।
अब उनीहरूको स्थानमा अन्य दुई जनालाई सरकारमा पठाउने तयारी गरिएको छ। जनमत पार्टीले मन्त्रीमा चन्दन सिंह र राज्यमन्त्रीमा मञ्जु खंगलाई पठाउने तयारी गरेको छ। मुख्यमन्त्री सरोज यादवले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
ताजा अपडेट
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव


प्रतिक्रिया