प्रतिनिधिसभाकोे बैठक सूचना टाँसेर स्थगित
काठमाडौं। आज बोलाइएको प्रतिनिधिसभाकोे बैठक सूचना टाँसेर स्थगित गरिएको छ।
संघीय संसद सचिवालयमा महासचिव भरतराज गौतमद्वारा जारी सूचनामा विशेष कारण बैठक बस्न नसक्ने भएकाले सारिएको जनाइएको छ। उनकाअनुसार प्रतिनिधिसभाको अर्को बैठक भोली दिउँसो १ बजेका लागि बोलाइएको छ।
नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएपछि बैठक बस्दै नबसी स्थगित भएको हो।
एमालेले लगातार सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरिय छानबिन समितिको माग गर्दै आएको छ। आज बिहानै पनि माग पुरा नभए बैठक चल्न नलिने एमालेले बताइसकेको थियो।
यसअघि १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो।

ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया