प्रतिनिधिसभाकोे बैठक सूचना टाँसेर स्थगित
काठमाडौं। आज बोलाइएको प्रतिनिधिसभाकोे बैठक सूचना टाँसेर स्थगित गरिएको छ।
संघीय संसद सचिवालयमा महासचिव भरतराज गौतमद्वारा जारी सूचनामा विशेष कारण बैठक बस्न नसक्ने भएकाले सारिएको जनाइएको छ। उनकाअनुसार प्रतिनिधिसभाको अर्को बैठक भोली दिउँसो १ बजेका लागि बोलाइएको छ।
नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएपछि बैठक बस्दै नबसी स्थगित भएको हो।
एमालेले लगातार सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरिय छानबिन समितिको माग गर्दै आएको छ। आज बिहानै पनि माग पुरा नभए बैठक चल्न नलिने एमालेले बताइसकेको थियो।
यसअघि १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो।

ताजा अपडेट
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव


प्रतिक्रिया