सभामुखले डाके कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौं। सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
संसदमा प्रमुख विपक्षी दल एमालेले जारी राखेको अवरोध हटाउनका लागि सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीकाअनुसार संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न मध्याह्न १२ बजे नयाँ बानेश्वरमा बैठक बोलाइएको छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठ चल्न नदिने अडान राख्दै आएको छ। सुन काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखेर सोमबारको संसद् अवरुद्ध गरेको एमालेले आज पनि संसद् चल्न नदिने तयारी गरेको छ।
एमाले सचेतक महेश बर्तौलाले उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार छैन तर समिति बनाएर छानबिन प्रक्रिया सुरू नगर्दासम्म संसद् चल्न नसक्ने बताए।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखेपछि सोमबार सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो। सो बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो।
ताजा अपडेट
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिलाई सारियो


प्रतिक्रिया