यी सहमतिसहित नाउपा सुदूरपश्चिम सरकारमा जाने
काठमाडौं। सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टी पनि सहभागी हुने भएको छ ।
सोमबार र मंगलबार गरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मुख्यमन्त्री कमलबहादुर शाहसहित नाउपाका नेताहरुले छलफल गरेपछि प्रदेश सरकारमा सहभागी हुने सहमति भएको हो ।
नाउपालाई कृषि मन्त्री, कृषि राज्यमन्त्री, उपसभामुख र दुईवटा संसदीय समितिको सभापति दिने सहमती भएको मुख्यमन्त्रीको सचिवालयले नेपालवाचलाई जानकारी दियो ।
यसअघि साउन ८ गते नै नाउपा सरकारमा सहभागी हुने तयारी भएपनि मन्त्रालयमा भागबण्डा नमिलेपछि सहभागी भएको थिएन । मुख्यमन्त्री शाहले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिने जनाएका छन् ।
यस्तै नाउपाले पनि भोलि संसदीय दलको बैठक बोलाएर सरकारमा जानेहरुको टुंगो लगाउने जनाएको छ । सुदूरपश्चिम सरकारमा कांग्रेसको भागमा मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकास र आन्तरिक मामिला तथा कानुन मन्त्रालय परेका छन् ।
आर्थिक मामिला मन्त्रालय एकीकृत समाजवादीको भागमा छ भने, माओवादीले सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सम्हालेको छ।
यसअघि कांग्रेसबाट आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएको छ। यो मन्त्रालय पनि खाली छ ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया