कोशीमा मुख्यमन्त्री थापासहित तीन मन्त्रीद्वारा शपथ ग्रहण
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन्। शपथ लिएलगत्तै उनले तीन मन्त्री नियुक्त गरेका छन्।
मुख्यमन्त्री थापाले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुखसँग पद तथा गोपनियताको शपथ लिएलगत्तै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका थिए।
मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरुले पनि प्रदेश प्रमुखसामु पद तथा गोपनीयताको शपथ लिएका छन्। गौतमले आर्थिक मामिला तथा योजना, जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।
ताजा अपडेट
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिलाई सारियो


प्रतिक्रिया