काण्डहरुमा शेखर कोइरालाका आशंकै आशंका, देउवासँगको निकटताबारे यसो भने

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुकमा हुने जुनसुकै प्रकरणमा पनि शिर्ष नेताहरुको संलग्नतालाई लिएर आशंका व्यक्त गरेका छन्।
उनले कुनै पनि काण्ड बाहिर आउने बित्तिकै तीन दलका नेताहरुले गर्ने छलफललाई लिएर आशंका व्यक्त गरेका हुन्।
बिहीबार नेपाल प्रेस युनियन काठमाडौं जिल्ला शाखाको पदस्थापन कार्यक्रममा बोल्दै डा. कोइरालाले यसको अर्थ के हुन्छ र के सन्देश दिइरहेको छ भनेर प्रश्न गरे? कार्यक्रममा उनले सुन काण्ड, ललिता निवास काण्ड र पार्टीको केन्द्रीय समिति बैठकका बिषयमा टिप्प्णी गरे।
सुन काण्ड बारे के भने?
डा. कोइरालाले सुन तस्करि प्रकरणलाई लिएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धानमा संलग्न नगराउनुमाथी आशंका व्यक्त गर्दै यो अचम्मको विषय भएको बताए।
कोइरालाले एक साताअघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पिए रहेका नवराज ढुंगानालाई राजश्व अनुसन्धानको प्रमुख बनाएर पठाइनु र अनुसन्धानमा सीआईबी संलग्न नगराइनु गम्भीर विषय भएका बताए।
‘राजश्व अनुसन्धानको डीजी सुन तस्करीको बाहिर आउनुभन्दा १० दिन हो कि एक साताअघिसम्म प्रधानमन्त्रीको पिए थिए। अनुसन्धानमा सीआईबीलाई संलग्न गराइएको छैन भनेपछि यसबाट बुझ्नुस्,’ कोइरालाले भने।
ललिता निवास जग्गा काण्डमा के भने ?
ललिता निवास जग्गा प्रकरणलाई जोड्दै कोइरालाले ठूला नेताहरूको नाम आउन थालेपछि एकपछि अर्को काण्ड ल्याउने गरिएको बताए। यस्ता खालका काण्डमा माथी रहेका व्यक्तिकै संलग्नता हुने अउनको भनाई थियो।
‘शरणार्थीपछि ललिता निवास प्रकरण आयो, त्यो इस्यु पनि अघि बढ्दै गयो ठ्याक्कै गएर रोकिएको छ किनकि माथि कोही न कोही मानिसहरु परेका छन्,’ कोइरालाले भने, ‘अब यस्तो पनि कहिँ हुन्छ ? शाखा अधिकृतले टिप्पणी उठाएको हुन्छ मन्त्रिपरिषद्मा लैजाने भनेर। त्यो शाखा अधिकृत चाहिँ जेल गएर भर्खर अदालतको आदेशमा अहिलेको सचिवजी रिहा हुनुभएको छ। तर, जसले मन्त्रिपरिषदबाट निर्णय गरेको छ तिनीहरूलाई चाहिँ छुँदैन।’
कांग्रेस केन्दीय समिति बैठक आरोप–प्रत्यारोपमै सकियो
उनले यहि साउन १० गतेसम्म चलेको पार्टीको केन्द्रीय समिति बैठक र पार्टी सभापतिसँगको निकटताका बिषयमा पनि टिप्पणी गरे।
उनले बैठक आरोप–प्रत्यारोपमै सकिएको बताए। सभापति शेरबहादुर देउवाले अहिले आफुलाई छलफलका लागि बोलाउने गरेको बताए।
‘म कसैले नबोलाईकन जाँदैन। पहिला सभापतिले बोलाउनु हुन्नथ्यो, जाँदिन थे। अहिले बोलाउनु भयो गए,’ उनले थपे, ‘तपाईंहरूले शेखर कोइराला सभापतिसँग मिल्यो भनेर लेख्नुभयो। तर किन लेख्नुभयोरु कसले भनेर लेख्नुभयोरु मलाई थाहा छैन। तपाईंहरु नै लेख्नुहुन्छ कि शेखर कोइराला पहिले जाँदैनथे, मलाई बोलाउँदैन थिए, म जाँदैन थिएँ,’ उनले भने, ‘अहिले मलाई सभापतिज्यूले बोलाउनुहुन्छ म गइरहेको छु। हैन मिल्ने भनेको के होरु मिल्ने भनेको एजेन्डाले हो, आजको एजेन्डामा हामी सँगै हुन सक्छौं।’
प्रतिक्रिया