जीवन बदल्ने चाणक्यका महत्वपूर्ण भनाइहरू
काठमाडौं। आचार्य चाणक्य नीतिमा मानव समाजसँग सम्बन्धित हरेक समस्याको समाधान भेटिन्छ । अहिलेको वर्तमान परिस्थितिसँग पनि चाणक्य नीति मेल खान्छ । यदि कुनै व्यक्ति जीवनमा चाणक्य नीतिको पालना गर्छ भने सफलता हासिल गर्न सक्छ ।
जीवन बदल्ने चाणक्यका महत्वपूर्ण भनाइहरू
–हरेक व्यक्तिले आफ्नो आय र व्ययको बारेमा सही जानकारी राख्नुपर्छ । जो मानिस आफ्नो कमाईअनुसार खर्च गर्छ त्यो व्यक्ति जीवनभर सुखी रहन्छ । जो मानिस आफ्नो आयभन्दा बढी खर्च गर्छ त्यो मानिस कहिल्यै सुखी हुँदैन ।
–कुनै काम सुरु गर्नुअघि आफुले आफैलाई तीन प्रश्न गरौं – म के गर्दैछु ? यसको नतिजा के हुन्छ ? के यसमा म सफल हुन्छु ?
–शत्रुलाई पराजित गर्न उसलाई कुटनीतिमा फसाउनुस् र शत्रु कमजोर भएपछि प्रहार गर्नुस् ।
–आफ्नो धन अर्काको भलाईमा प्रयोग हुन्छ भने, त्यसको मूल्य रहन्छ । अन्यथा यो दुःखको भण्डार हो, यसबाट जतिसक्दो छुटकारा मिल्नुपर्छ ।
– कहिलेपनि आफ्नो रहस्य अर्कालाई बताउनु हुँदैन, याे नै सबैभन्दा ठूलो गुरुमन्त्र हो ।
–कसैको निन्दा नगरौ । यदि मद्दत गर्न सक्छौं भने हात बढाउँ, यदि सक्दैनौ भने हात जोडाैं ।
–सन्तुलित दिमाग जस्तो सादगी केहि छैन, सन्तोष जस्तो सुख केहि छैन, लोभ जस्तो बिमार केहि छैन, दया जस्तो पुण्य केहि छैन ।
– पाँच बर्षसम्म बच्चालाई प्रेम दिएर हुर्काउनुहोस्, बाँकी पाँच बर्ष आफ्नो नियन्त्रणमा राख्नुहोस् । जब सोह्र बर्षको हुन्छ, उनीसँग एक मित्रवत् व्यवहार गर्नुहोस् । आफ्नो वयस्क बच्चा नै आफ्नो सबैभन्दा विश्वसिलो र नजिकको मित्र हो ।
–पृथ्वी सत्यको शक्तिद्वारा समर्थित छ । यो सत्यको शक्ति हो, जसले घामलाई चमक र हावालाई बेग दिन्छ । खासमा सबैकुरा सत्यमा आधारित हुन्छ ।
–जुन समय जे कामको लागि प्रतिज्ञा गरिन्छ, ठीक त्यही समय त्यही काम गर्नुपर्छ । अन्यथा विश्वास नष्ट हुन्छ ।
–जुन दिन हामीलाई कुनै समस्या आउँदैन, बुझौं हामी गलत बाटोमा छौ ।
–मन र मस्तिष्ककाे द्वन्द्वमा मनलाई सुनौं ।
–शक्ति जीवन हो, निर्बलता मृत्यु हो । विस्तार जीवन हो, संकुचन मृत्यु हो । प्रेम जीवन हो, द्वेष मृत्यु हो ।
–हामी भूतकालको बारेमा पछुताउनु हुँदैन, भविष्यका लागि चिन्तित हुन पनि जरुरी छैन । विवेकवान व्यक्ति सधै वर्तमानमा बाँच्छ ।
–तपाई के गर्ने सोचिरहनु भएको छ ? त्यसलाई व्यक्त हुन दिनु हुँदैन । बुद्धिमानीपूर्वक यसलाई रहस्य बनाइ राख्नु र यस काम गर्नका लागि दृढ हुनु पर्दछ ।
–त्यो जसको ज्ञान केवल किताबमा सीमित छ र उसको धन अर्काको कब्जामा छ, उसले आवश्यकता हुँदा न आफ्नो ज्ञान प्रयोग गर्न सक्छ, न धन ।
–जबसम्म तपाईको शरीर स्वस्थ्य र नियन्त्रणमा हुन्छ, मृत्यु टाढा हुन्छ ।
ताजा अपडेट
-
काभ्रेमा बस दुर्घटना : आठ जनाको मृत्यु
-
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा भट्टराई नियुक्त
-
शान्ति सम्झौता हुन लागेको ट्रम्पको दाबीलाई इरानले नकारिदियो, कुनै सहमति नभएको जवाफ
-
पुँजीगत खर्चको १ प्रतिशत नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह
-
युनलाई थप ३० वर्ष जेल सजाय


प्रतिक्रिया