नेपाल लाइफ इन्स्योरेन्सको नारा “पराक्रमी गति–आक्रामक नीति”
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले अबको एक बर्ष पराक्रमी गति आक्रामक नीति भन्ने नारासहित प्रतिस्पर्धामा होमिने भएको छ ।
चितवनको सौराहामा श्रावण १५ देखि १७ गतेसम्म चलेको सम्मेलनले यस्तो नारा तय गरेको हो ।
नेपाल लाइफ इन्स्योरेन्स नेपालको विश्वासिलोमध्येको एक जीवन बीमा कम्पनी हो । चितवनमा सम्पन्न सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंग विभागमा कार्यरत २३० भन्दा बढी कर्मचारी सहभागी भएका थिए ।
उक्त सम्मेलनको कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक कृष्ण राज लामिछाने, शक्तिकुमार गोल्यान र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
सो अवसरमा कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले कम्पनीले आर्थिक मन्दीको बाबजुद पनि उत्साहजनक व्यवसाय गर्न सफल भएकोमा कर्मचारीको मेहनतको प्रशंसा गरे । उनले आगामी दिन थप चुनौतिपूर्ण हुने हुँदा थप जोश र जाँगरका साथ काम गर्न समेत कर्मचारीलाई निर्देशन दिए ।
यस्तै संचालक कृष्णराज लामिछानेले कम्पनीको सफलताका लागि कर्मचारीको भूमिकाको प्रशंसा गरे ।
संचालक शक्तिकुमार गोल्यानले कर्मचारीहरुको मनोबललाई उच्च राख्न संचालक समितिले सदैव साथ दिने बताए । उनले आउने समय त्यति सहज नहुने हुँदा त्यसका लागि पुर्व तयारी गरि कार्यसम्पादन गर्न आग्रह गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल र नेशनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापकबाट सहभागीहरुलाई प्रमाण पत्र दिइएको थियो । साथै आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरु र शाखा एवं उपशाखाहरुलाई विभिन्न ३७ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया