नेपाल अक्सिजन ग्यास उत्पादक संघको अध्यक्षमा पुन: गौरव शारदा
काठमाडौं । नेपाल अक्सिजन ग्यास उत्पादक संघले गौरव शारदालाई पुनः आगामी दुई वर्षका अध्यक्षमा चयन गरेको छ ।
यही साउन १८ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट शारदा निर्विरोध चयन भएका हुन् । काठमाडौंमा सम्पन्न साधारण सभाबाट उपाध्यक्षमा श्री वीरेन्द्र कुमार संघाई, महासचिवमा श्री नारायण दत्त तिमल्सिना, कोषाध्यक्षमा श्री प्रल्हाद तिमल्सिना र सदस्यहरूमा श्री शंकरलाल अग्रवाल, श्री अभिक ज्योति, श्री दिनेश ढकाल र श्री शरद खनाल चयन भएका हुन् ।
सभाले कोभिडको समयमा अक्सिजन उद्योग स्वामित्वमा रहेको अक्सिजन सिलिन्डर ठुलो परिमाणमा विभिन्न सरकारी निकायले उठाइ लगेको र हालसम्म फिर्ता नगरेकोले उद्योगहरूलाई ठुलो आर्थिक नोक्सानी व्यहोर्नु परेकोले सो बारे सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।
यसैगरी संघले अक्सिजन सिलिन्डरको गुणस्तर मापदण्ड सम्बन्धी आवश्यक कानून बनाउन नेपाल गुणस्तर तथा नापतौल विभाग तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दवाब पनि दिने भएको छ ।
संघका अध्यक्ष गौरव शारदाले अक्सिजन सिलिन्डरको मापदण्ड अन्तर्गत कलर कोडिङ, लेबलिङ, म्याक्सिमम फिलिङ प्रेसर आदि सम्बन्धि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको व्यवस्था लागू गरे मात्र कार्यस्थलमा कर्मचारीको सुरक्षा तथा जोखिम न्यूनिकरण गर्न सकिने बताए ।
अध्यक्ष शारदाले थपे ‘नेपालमा सञ्चालित अक्सिजन ग्यास उद्योगहरूको उत्पादन माग भन्दा धेरै रहेकोले लिक्विड अक्सिजन आयात गर्न आवश्यक छैन । यस्तो अक्सिजनको आयातले गर्दा देशभरी सञ्चालनमा रहेको २८ वटा अक्सिजन उद्योगहरूको भविष्य धरापमा परेको छ । यसरी अक्सिजन ग्यासमा नेपाल भारतर्फ निर्भर हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ ।’
संघले आगामी दिनमा लिक्विड अक्सिजनको आयातमा कडाई गर्न सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया