ललिता निवास प्रकरण: सीआइबीले लियो माधव नेपालसँग बयान

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको बयान लिएको छ ।
बालुवाटारस्थित सरकारी जग्गा व्यक्तीका नाममा गरिएको उक्त प्रकरणमा पुर्वप्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालको बयान लिइएको सीआइबी स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार सीआइबीले नेपालको निवासमै पुगेर बयान लिएको हो । सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा नीतिगत निर्णय गर्नेमाथि छानबिन गर्न आदेश दिएपछि नेपालमाथी अनुसन्धान गर्न प्रहरीलाई बाटो खुला भएको हो ।
सर्वोच्च अदालतले ०६६, ०६७ र ०६९ सालमा विभिन्न चार मितिमा भएका मन्त्रिपरिषद्का निर्णयलगायतलाई अनुसन्धान गर्न किटान गर्दै ‘अब उप्रान्तको थप अनुसन्धान कार्य अविलम्ब सम्पन्न गर्नू /गराउनू’ भनेर आदेश दिएको थियो ।
त्यो आदेशले पूर्वप्रधानमन्त्री नेपाल, डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लीलामणि पौड्याललगायतमाथि अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको थियो । यस समयमा सरकारको नेतृत्व नेपाल र भट्टराईले गरेका थिए ।
यसअघि उनीहरूमाथि छानबिन गनुपर्ने आवाज उठ्दै आइरहे पनि राजनीतिक पहुँच र प्रभावका कारण पन्छाइँदै आएको थियो । नेपालले यो प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउदै आएका छन् । यहि प्रकरणमा अर्का पुर्वप्रधानमन्त्री डा. भट्टराईको पनि सीआइबीले बयान लिएको छ ।
ताजा अपडेट
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
-
दक्षिण एसियाली कराँतेमा नेपाल उपविजेता
-
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
प्रतिक्रिया