ललिता निवास प्रकरण: सीआइबीले लियो माधव नेपालसँग बयान
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको बयान लिएको छ ।
बालुवाटारस्थित सरकारी जग्गा व्यक्तीका नाममा गरिएको उक्त प्रकरणमा पुर्वप्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालको बयान लिइएको सीआइबी स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार सीआइबीले नेपालको निवासमै पुगेर बयान लिएको हो । सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा नीतिगत निर्णय गर्नेमाथि छानबिन गर्न आदेश दिएपछि नेपालमाथी अनुसन्धान गर्न प्रहरीलाई बाटो खुला भएको हो ।
सर्वोच्च अदालतले ०६६, ०६७ र ०६९ सालमा विभिन्न चार मितिमा भएका मन्त्रिपरिषद्का निर्णयलगायतलाई अनुसन्धान गर्न किटान गर्दै ‘अब उप्रान्तको थप अनुसन्धान कार्य अविलम्ब सम्पन्न गर्नू /गराउनू’ भनेर आदेश दिएको थियो ।
त्यो आदेशले पूर्वप्रधानमन्त्री नेपाल, डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लीलामणि पौड्याललगायतमाथि अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको थियो । यस समयमा सरकारको नेतृत्व नेपाल र भट्टराईले गरेका थिए ।
यसअघि उनीहरूमाथि छानबिन गनुपर्ने आवाज उठ्दै आइरहे पनि राजनीतिक पहुँच र प्रभावका कारण पन्छाइँदै आएको थियो । नेपालले यो प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउदै आएका छन् । यहि प्रकरणमा अर्का पुर्वप्रधानमन्त्री डा. भट्टराईको पनि सीआइबीले बयान लिएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया