अष्ट्रेलियन क्रिकेटर म्याक्सवेलले गरे भारतीय मुलकी युवतीसँग विहे
काठमाडौं । अष्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेलले भारतीय मुलकी युवतीसँग विहे गरेका छन् ।
उनले फार्मेसिस्ट बिनी रमणसँग शुक्रबार विहे गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बिनी लामो समयदेखि अष्ट्रेलियामा बस्दै आइरहेकी छिन् । म्याक्सवेल र बिनीले हिन्दू र क्रिस्चियन दुवै संस्कारबाट अष्ट्रेलियामै विहे गरेका हुन् ।
यी दुईबीच लामो समयदेखि प्रेम रहँदै आएको थियो ।
३३ वर्षीय म्याक्सवेल टि–२० क्रिकेटका लागि योग्य ब्याटर मानिन्छन् । उनले इण्डियन प्रिमियर लिग (आइपिएल) पनि खेलेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया