भिजन लुम्बिनी उर्जा कम्पनीलाई आईपियो निष्काशन गर्न वोर्डको स्विकृति
काठमाडौं । २५ मेगावाटको सेतीखोला जलबिद्युत आयोजनाको प्रवद्र्धन गर्दै आएको भिजन लुम्बिनी उर्जा कम्पनीले प्रारम्भिक शेयर (आईपियो) निष्काशन गर्न नेपाल धितोपत्र वोर्डवाट स्विकृति प्राप्त गरेको छ ।
उर्जा कम्पनीले आफ्नो जारी पूँजी १ अर्व ९१ करोड पच्चिस लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न स्विकृत पाएको हो ।
कम्पनीले जारी पुजीँको १० प्रतिशतले हुन आउने १९ लाख १२ हजार ५ सय कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १,२,३,४ र पोखरा महानगरपालिका को वडा नं १९ का स्थानिय बासिन्दाहरुका लागि साधारण शेयर जारी गर्नेछ ।
अन्य बाकीँ १० प्रतिशत मध्येको १० प्रतिशतले हुन आउने १ लाख ९१ हजार २ सय ५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायवाट श्रम स्विकृती प्राप्त गरि बिदेशमा बसी रोजगार गरी रहेका नेपाली नागरिकहरुका लागी साधारण शेयर जारी गर्नेछ ।
यस्तै ५ प्रतिशत अर्थात ९५ हजार ६ सय २५ कित्ता साधारण शेयर सामुहिक लगानी कोष, २ प्रतिशत अर्थात ३८ हजार २ सय ५० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि र बाँकी १५ लाख ८७ हजार ३ सय ७५ कित्ता साधारण शेयर सर्वसाधारणहरुका लागि निष्काशन गर्न स्विकृत पाएको छ ।
भाद्र ४ गते नेपाल धितोपत्र वोेर्डले आईपिओ निष्काशनका लागि भिजन लुम्बिनी उर्जा कम्पनीलाई स्विकृत दिएको हो ।
२०७५ मा कम्पनी कार्यालयमा दर्ता भई कम्पनिले उर्जा क्षेत्रमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १,२,३ ४ र पोखरा महानगरपालिकाको वडा नं १९ मा २५ मेगावाटको सेतिनदि जलबिद्युत आयोजना को निर्माण गरिरहेको छ ।
करिब ९२ प्रतिशत काम सकिईसकेकोले अबको केहि महिनाभित्रमै बत्ती बाल्ने तयारीमा रहेको कम्पनीका कार्यकारी अध्यक्ष जगत बहादुर पोखरेलले जानकारी दिएका छन् ।
कम्पनीमा एचआईडिसिएल,शाईन रेसुगां डेभलपमेन्ट बैक,प्रभु लाईफ ईन्सुेन्रेस,सिटिजन लाईफ इन्सुरेन्स लगायत करिब पन्ध्र सय जना संस्थापक शेयर सदस्यहरुको लगानी रहेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया