आजदेखि सर्वसाधारणका लागि खुल्दै तातोपानी नाका
काठमाडौं । नेपाल–चीनको सबैभन्दा पुरानो तातोपानी नाका शुक्रबारदेखि सर्वसाधारणका लागि समेत खुला हुने भएको छ ।
आठ वर्षदेखि आयात–निर्यात मात्रै हुँदै आएको नाका मानव आवतजावतका लागि समेत खुला हुन लागेको हो । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो । २०७२ सालको महाभूकम्प र त्यसपछिको कोरोना भाइरस महामारीका कारण तातोपानी नाका पूर्णरुपमा बन्द भएको थियो ।
गत महिना सम्पन्न नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको ११औँ बैठकमा तातोपानी नाका मानवका लागि समेत खुला गर्ने दुई मुलुकबीच सहमति भएको थियो । बैठकले सेप्टेम्बरभित्र नाका मानवका लागि समेत खुला गर्ने निर्णय गरेको थियो, तर मिति तय भएको थिएन ।
समझदारीमा नाकाबाट यात्रुहरुको आवतजावत खुला गर्ने भनिए पनि तत्कालका लागि भने स्थानीयका लागि मात्रै नाका खुल्ने छ । चिनियाँ पक्षले १ सेप्टेम्बर (१५ भदौ) देखि तातोपानी नाका सर्वसाधारणका लागि समेत खुला गरिने सूचना पठाएको ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालले बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया