आजदेखि सर्वसाधारणका लागि खुल्दै तातोपानी नाका

काठमाडौं । नेपाल–चीनको सबैभन्दा पुरानो तातोपानी नाका शुक्रबारदेखि सर्वसाधारणका लागि समेत खुला हुने भएको छ ।
आठ वर्षदेखि आयात–निर्यात मात्रै हुँदै आएको नाका मानव आवतजावतका लागि समेत खुला हुन लागेको हो । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो । २०७२ सालको महाभूकम्प र त्यसपछिको कोरोना भाइरस महामारीका कारण तातोपानी नाका पूर्णरुपमा बन्द भएको थियो ।
गत महिना सम्पन्न नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको ११औँ बैठकमा तातोपानी नाका मानवका लागि समेत खुला गर्ने दुई मुलुकबीच सहमति भएको थियो । बैठकले सेप्टेम्बरभित्र नाका मानवका लागि समेत खुला गर्ने निर्णय गरेको थियो, तर मिति तय भएको थिएन ।
समझदारीमा नाकाबाट यात्रुहरुको आवतजावत खुला गर्ने भनिए पनि तत्कालका लागि भने स्थानीयका लागि मात्रै नाका खुल्ने छ । चिनियाँ पक्षले १ सेप्टेम्बर (१५ भदौ) देखि तातोपानी नाका सर्वसाधारणका लागि समेत खुला गरिने सूचना पठाएको ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालले बताए ।
ताजा अपडेट
-
बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम
-
बाजुरा आगलागी : ३५ पसल जल्दा आठ करोड बढीको क्षति
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
प्रतिक्रिया