त्रिदेशीय सिरिजमा मलेसियाको रोमाञ्चक जित
काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा मलेसियाले रोमाञ्चक जित दर्ता गरेको छ । नेपालसँग पहिलो खेल हारेको पपुवा न्युगिनी (पिएनजी)लाई मलेसियाले ८ रनले पराजित गरेको हो । १८१ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.२ ओभरमा अलआउट भएको हो ।
अन्तिम ओभरमा जितका लागि १५ रन आवश्यक हुँदा पिएनजीले पहिलो बल डट खेल्यो । दोस्रो बलमा बाउन्ड्रीमा बल क्याच भए पनि फिल्डरले बाउन्ड्री घेरा छोएकोले छक्का भयो । लगत्तै फेरि पिएनजीका नोसैना पोकनाले छक्का हान्न खोजेका थिए । तर फेरि सोही ठाउँमा बाउन्ड्री नजिक भिरनदीप सिंहले क्याच गरेपछि मलेसियाले रोमाञ्चक जित दर्ता गरेको हो ।
मलेसियाको लागि १८० रन बनाउने क्रममा भिरनदीप सिंहले ५९ रन, अहमेद फैजले ५६ र सियाद अजिजले ४७ रन बनाएका थिए । तीन विकेट क्षतिमा मलेसियाले १८० रन जोडेको थियो ।
पिएनजीका लागि टोनी उराले ५६ र नर्मन भाउनाले ४५ रन बनाउनुबाहेक अरु खेलाडीको प्रदर्शन प्रभावकारी रहेन । योसँगै पिएनजीले सिरिजमा लगातार दुई खेल हारेको छ । नेपालले पिएनजीलाई १५ रनले पराजित गरेको थियो । सिरिजमा प्रत्येक टिमले एक अर्कासँग दुईदुई खेल खेल्नेछन् ।
भोलि नेपालले मलेसियासँग खेल्नेछ । तीन टिममा शीर्ष दुईभित्र पर्ने टिमले फाइनल खेल्नेछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया