पेप्सीकोलामा सवारी दुर्घटना, १४ जना घाइते
काठमाडौं । काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएको जानकारी दिए । दुई गाडी ठोक्किँदा बागमती प्रदेश ०२-०३७ प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकलमासमेत ठोक्किएको थियो ।
प्रहरी प्रवक्ता ढुंगेलका अनुसार घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र छ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया