स्थानीय तह निर्वाचनमा माओवादी र नेकपा एससहितका दलसँग तालमेल गर्ने कांग्रेसको निर्णय यस्तो छ
काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलसँग तालमेल गर्ने निर्णय गरेको छ । चुनावी तालमेलको सैद्धान्तिक निर्णय गर्नेगरी बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तहमा बहुसंख्याक स्थानीय तहमा कांग्रेसको स्थिति बलियो बनाउन स्थानीय अवस्था र आवश्यकताको आधारमा सत्तारुढ माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपासहितका दलसँग तालमेल गर्ने नीतिगत निर्णय कांग्रेसले गरेको हो ।
‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकत अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ’ कांग्रेसले भनेको छ, ‘स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रिया अनुरुप कार्य अघि बढाइनेछ ।’ स्थानीय तहकाे निर्वाचन वैशाख ३० मा हुँदैछ ।
डा. शेखर कोइराला पक्षले केन्द्रबाटै चुनावी तालमेलको निर्णय गर्न नहुने अडान लिएपछि मध्यमार्गी बाटो लिंदै स्थानीय आवश्यकताको आधारमा आफ्नो दल कमजोर रहेको ठाउँमा चुनावी तालमेल गर्ने निर्णय कांग्रेसले गरेको हो । तल्लो तहको रिपोर्टिङ र वस्तुस्थितिको मूल्यांकन गरेपछि कहाँ र कसरी तालमेल गर्ने भन्ने टुंगो लगाउने तयारी कांग्रेसको छ ।
बैठकपछि प्रवक्ता डा. प्रकाशरण महतले स्थानीय आवश्यकताको आधारमा कांग्रेसले सत्ता गठबन्धनका दलसँग तालमेल गर्ने नीतिगत निर्णय गरेको जानकारी दिए ।


ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया