वात्सल्य क्लिनिक आजबाट ७ औं वर्षमा प्रवेश
काठमाडौं । नेपालमा आधुनिक आई.भी.एफ. को जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आई. भी. एफ. ले ३ हजार भन्दा अधिक दम्पतीलाई आई. भी. एफ. विधि मार्फत् सन्तान प्राप्ति को खुशी दिंदै आज श्री कृष्ण जन्माष्टमीको दिनमा आफ्नो ७ औं वर्षमा प्रवेश गरेको छ ।
क्लिनिकले हरेक महिना करिब ६० देखि ७० प्रतिशत सम्मको आई. भी.एफ. सफलता दर निरन्तर हासिल गर्दै आएको र हालसम्म ७ हजार भन्दा अधिक दम्पतीले सन्तान लाभ (३०००ं आई.भी. एफ., १८००ं आई. यू. आई, २२००ं नेचुरल प्रेग्नेन्सी) गरिसकेको जनाएकाे छ ।
नि:सन्तान दम्पतीको यात्रा मानसिक, आर्थिक, मनोवैज्ञानिक,सामाजिक जस्ता विभिन्न तनावले भरिएको हुन्छ त्यसैले उपचारको अवधिमा आधुनिक पद्दति सँगै पारिवारिक वातावरण र सहजता जस्ता विशिष्ट अनुभव प्रदान गर्दा उच्च सफलता हासिल भएको विज्ञहरुको अभुव छ।
वात्सल्यका अनुसार क्लिनिकमा सेवा लिन नेपाल बाहेक पाकिस्तान, अमेरिका, जापान, अष्ट्रेलिया जस्ता अन्य मुलुकबाट पनि सेवाग्राहीहरु आउने गरेका छन् ।
आधुनिक उपचारसँग सम्बन्धित मिथ्या कुराहरुबारे जनचेतना जगाउने र उच्च आई. भी. एफ. सफलता दर प्रदान गर्ने भएका कारण नै यसले छोटो समयमा ठूलो फड्का मार्दै आफ्नो सेवा नक्साल बाट भक्तपुर र नेपालगंजमा पनि विस्तार गरेको छ ।
आगामी केहि दिनहरुमै आफ्नो शाखाहरु अन्य प्रमुख शहरहरुमा पनि विस्तार गर्ने योजना रहेको वात्सल्यका कार्यकारी प्रमुख प्रशान्त सुवेदीले बताए । नि: सन्तान सम्बन्धि सम्पूर्ण सेवाहरु, प्रसुतीपूर्वको जाँच, फेर्टिलिटी फ्रिजिङ्ग जस्ता विभिन्न सेवा वात्सल्यले दिदै आएको छ ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया