विपी साहित्य महोत्सव तयारी समितिमा ११ सदस्य थप

काठमाडौं । नेपाली कांग्रेसले विपी साहित्य महोत्सव–२०८० तयारी समितिमा ११ जना सदस्य थप गरेको छ ।
पार्टी बैठकको निर्णयानुसार भदौ २४, २५ र २६ मा आयोजना हुने विपी साहित्य महोत्सव–२०८० लाई भव्यरूपमा सम्पन्न गर्न पार्टीका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा गठित विपी साहित्य महोत्सव–२०८० तयारी समितिमा ११ सदस्य थप गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
थपिएका सदस्यमा मीनाक्षी झा, सुजाता परियार, लक्ष्मी परियार, डा चन्द्रमोहन यादव, सुशीला मिश्र भट्ट, डा तुलसी भट्टराई, डा विष्णुविभु घिमिरे, डा वेञ्जु शर्मा, वियोगी बुढाथोकी, गेजा शर्मा वाग्ले र शिव लम्साल रहेका छन् ।
विपी साहित्य महोत्सवको तयारीका काम तीव्ररूपमा अघि बढेको संयोजक पाण्डेले जानकारी दिए ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया