विपी साहित्य महोत्सव तयारी समितिमा ११ सदस्य थप
काठमाडौं । नेपाली कांग्रेसले विपी साहित्य महोत्सव–२०८० तयारी समितिमा ११ जना सदस्य थप गरेको छ ।
पार्टी बैठकको निर्णयानुसार भदौ २४, २५ र २६ मा आयोजना हुने विपी साहित्य महोत्सव–२०८० लाई भव्यरूपमा सम्पन्न गर्न पार्टीका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा गठित विपी साहित्य महोत्सव–२०८० तयारी समितिमा ११ सदस्य थप गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
थपिएका सदस्यमा मीनाक्षी झा, सुजाता परियार, लक्ष्मी परियार, डा चन्द्रमोहन यादव, सुशीला मिश्र भट्ट, डा तुलसी भट्टराई, डा विष्णुविभु घिमिरे, डा वेञ्जु शर्मा, वियोगी बुढाथोकी, गेजा शर्मा वाग्ले र शिव लम्साल रहेका छन् ।
विपी साहित्य महोत्सवको तयारीका काम तीव्ररूपमा अघि बढेको संयोजक पाण्डेले जानकारी दिए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया