त्रिदेशीय सिरिजमा मलेसियासँग भिड्दै नेपाल
काठमाडौं । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी त्रिदेशीय टी–२० सिरिजमा नेपाल आज मलेसियासँग भिड्दैछ । आ–आफ्ना पहिलो खेलमा दुवै टिमले पपुवा न्युगिनी (पिएनजी)लाई पराजित गरेपछि नेपाल र मलेसिया भिड्न लागेका हुन् ।
नेपालले पिएनजीलाई १५ र मलेसियाले ८ रनले पराजित गरेका थिए । आज जित्ने टिमको फाइनल पुग्ने सम्भावना बलियो हुनेछ । तीन देश प्रत्येकले प्रत्येकसँग दुई दुई खेल खेल्नेछन् । तीनमध्ये अंक तालिकामा शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछन् ।
नेपाल र मलेसियाबीचका पछिल्ला ५ खेलमा चारमा नेपाल विजयी भएको छ । एउटा खेल मलेसियाले जितेको छ । पछिल्ल्लो टी–२० अन्तर्गत अघिल्लो वर्ष कीर्तिपुरमा मलेसियालाई २१८ रनको लक्ष्य दिंदै ६९ रनले पराजित गरेको थियो ।
नेपालले नेदरल्याण्डस्लाई २३८ रनको लक्ष्य दिंदै १४२ रनले पराजित गर्दै सिरिज जितेको थियो ।
नेपाल र मलेसियाबीचको खेल साढे १२ बजे सुरु हुनेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया