आज कतिले बढ्यो नेप्से ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९ दशमलव ४८ अंकले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा कायम भएको छ ।
नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता सेयर ३६ हजार ४५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । जसमध्ये जलविद्युत् समूहको उपसूचक सबैभन्दा धेरै तीन दशमलव ६२ प्रतिशत र वित्त समूहको उपसचूक तीन दशमलव २० प्रतिशतले बढेको छ ।
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै शुभम पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नौ दशमलव ८६, अरुण काबेली पावर लिमिटेडको नौ दशमलव ०३ प्रतिशत र अपि पावर कम्पनी लिमिटेडको सेयर मूल्य आठ दशमलव २९ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा थ्री स्टार हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक लिमिटेडको रु सात करोड ९३ लाख २५ हजार तीन सय ४७ बराबरको शेयर किनबेच भएको छ ।
यो साता सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब चार अर्ब ६२ करोड ५२ लाख ३८ हजार तीन सय २६ पुगेको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया