NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

टिसिएलले ल्यायाे ‘सेलिब्रेट ग्रेटनेस’ योजना

कठमाडौं । एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले दशैं, तिहारलक्षित ‘Celebrate Greatness’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना  भाद्र २६ गतेदेखि सुरू भएकाे हाे ।  ग्राहकहरुले ‘Celebrate Greatness’ योजना अन्तर्गत टिसिएलको कुनै पनि टेलिभिजनको खरिदमा  ४४ हजार सात सय सम्मको आकर्षक छुट पाउन सक्नेछन।

त्यस्तै वाशिङ मेसिन खरिदमा  १४ हजार चार सयसम्मको छुटका साथै ६ केजीको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्नेछन । यसका साथै ग्राहकहरुले टिसिएलको सम्पूर्ण क्याटागोरीको एयर कन्डिसनरको खरिदमा  ५६ हजार आठ सयसम्मको आकर्षक क्यासब्याक प्राप्त गर्नुका साथै चार हजार बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन।

ग्राहकहरुले टिसिएलको साइड बाइ साइड रेफ्रिजरेटरको खरिदमा  ३१ हजार ८ सयसम्मको आकर्षक क्यासब्याक पाउनुका साथै सिजि इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्ने सक्ने कम्पनीले जनाएकाे छ ।

साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ। त्यसै गरि शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले सिजि लोयल्टी क्लबूको रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुर स्थित होटल विभान्तामा २५५ सम्म छुट पाउनु सक्ने छन् ।

टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष