बालेनको कार्यालय अगाडि ईःसहितका अभियन्ता ७७ घण्टा उभिने
काठमाडौं । फुटपाथ व्यवसायीहरूको वैकल्पिक व्यवस्थापन गर्नुपर्ने मागसहित सामाजिक अभियन्ताहरूले महानगर अगाडि शान्तिपूर्ण विरोध थालेका छन् ।
अभियन्ता ईःसहितको टोलिले आज दिउँसो १ बजेबाट काठमाडौं महानगर र राष्ट्रिय सभागृह अघि ७७ घण्टा उभिएर विरोध थालेका हुन् । यो अभियान शुक्रबार साँझ ६ बजेसम्म जारी हुने जनाइएको छ ।
यसअघि कोभिड महामारीमा ‘इनफ इज इनफ’ अभियानको नेतृत्व गरेका ईःले काठमाडौं महानगरले फुटपाथ व्यवसायीमाथि गर्दै आएको ज्यादतीको विरोध गर्दै आएका छन् ।
चुनावको बेलामा नेतृत्वले उनीहरूको वैकल्पिक व्यवस्थापन गरिने आश्वासन दिँदै आएका थिए । सोही आश्वासनलाई सम्बोधन गर्नुपर्ने मागहित उनीहरूले शान्तिपूर्ण विरोध जनाएका हुन् ।
महानगरको कार्यालय र सभागृह अघि ७७ घण्टा उभिने प्रतिबद्धता जनाएका अभियन्ताहरूले ‘गरिब होइन गरिबी हटाऊ’, ‘यो शहर गाडीका लागि कि मान्छे ?’ लेखिएको प्ले कार्ड बोकेका छन् ।
फुटपाथ व्यवसायीलाई विकल्प नदिई विस्थापन गरेको विषयले मेयर बालेन शाहले यतिबेला आलोचना खेपिरहेका छन् । त्यसो त, उनी आफैंले स्थानीय तहको चुनावअघि उनीहरूलाई व्यापार गर्न विकल्प दिएर व्यवस्थित बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । आफ्नै चुनावी नारा पूरा नगरेको भन्दै यतिबेला उनको विरोध भइरहेको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया