काठमाडौंमा द्रुत बस सेवा सुरु, रत्नपार्क-सूर्यविनायक पुग्न ४५ मिनेट
काठमाडौं । काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु भएको छ ।
सरकारले संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकाबाट द्रुत बस सेवाको शुभारम्भ गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् । द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क रुटमा चल्ने छ ।
उद्घाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायात मन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गरेका छन् ।
यात्रुहरुका लागि भने बिहीबारदेखि मात्रै द्रुत बस सेवा सञ्चालन हुने छ । अब रत्नपार्कबाट सूर्यविनायक पुग्न ४५ मिनेट लाग्ने छ।
माइतीघर, कोटेश्वर, जडीबुटी जस्ता ट्राफिक जाम बढी हुने स्थानहरुमा पनि द्रुत सेवाका बसहरु रोकिनु नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया