मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू-भागहरुमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षा भैरहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।
आज बिहीबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै महाशाखाका अनुसार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टा कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी, बागमती र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सम्भावित क्षतिबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया