असोज २८ गतेदेखि बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप
मोरङ । डाँगीहाट फुटबल क्लबको संयोजनमा यही असोज २८ गतेदेखि आगामी कात्तिक ४ गतेसम्म छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता हुने भएको छ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मी मार्गमा सो प्रतियोगिता सञ्चालन हुने आयोजक क्लबले जनाएको छ ।
जिल्लामै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा प्रथम हुने टिमले नगद रू आठ लाखसहित ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद पाँच लाख सहित ट्रफी साथै प्रमाणपत्र हात पार्ने आयोजक क्लबका अध्यक्ष बिक्रम वान्तवा राईले जानकारी दिए। उनले प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्डकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, हरेक दिन म्यान अफ दि म्याच प्रदान गरिने जानकारी दिए ।
प्रतियोगिता सञ्चालनका लागि अनुमानित रू ६२ लाख ९० हजार खर्च हुने र ६९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको गोल्डकपका प्रचारप्रसार संयोजक नरेन्द्र बस्नेतले बताए। प्रतियोगितामा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाडौं, विग्रेड ब्वाइज क्लब काठमाडौँ, सहलेश युवा क्लब सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डॉगीहाट युथ क्लब, विर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब र युकेएफसी भारत गरी आठ वटा टिम सहभागी हुने आयोजक क्लबका सचिव शम्भु बस्नेतले उल्लेख गरे ।
प्रतियोगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी रहने आयोजकले उल्लेख गरेको छ । बेलबारी गोल्डकपमा गत वर्ष शसस्त्र प्रहरी बल (एपिएफ) काठमाडौं विजेता तथा राजाराजी फुटबल क्लब धनकुटा उपविजेता बनेको थियो । अन्तर्राष्ट्रियस्तरको गोल्डकपमा १६ हजार दर्शकको सहभागीता हुने आयोजकले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया