संस्थापक नेता सुवर्ण शमसेरको स्मृति दिवसमा कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने

काठमाडौं । नेपाली कांग्रेसले संस्थापक नेता सुवर्ण शमसेर राणाको स्मृति दिवस पारेर ‘इकोनोमी कन्क्लेभ’ गर्ने भएको छ ।
पार्टीको अर्थनीतिसम्बन्धी कन्क्लेभ कात्तिकमा हुनेछ । हाललाई कात्तिक २४ गते तय भएको छ भने, अर्को दिन २३ या २५ भन्ने टुंगो लागि नसकेको महामन्त्री गगन थापाले जानकारी दिए ।
कांग्रेसका पहिलो अर्थमन्त्री समेत रहेका सुवर्ण शमशेरको स्मृतिलाई कांग्रेसले अर्थनीतिसँग जोडेर कार्यक्रम गर्न लागेको जनाएको हो ।
२००८ माघ १९ मा बजेट प्रस्तुत गर्ने सुवर्ण शमशेर नेपालको पहिलो व्यक्ति हुन् ।
‘इकोनोमी कन्क्लेभ’ मा अर्थविदले आर्थिक नीतिका बारेमा विभिन्न आयामवारे कार्यपत्र प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ ।
महामन्त्री थापाका अनुसार पार्टीले विगतमा लिएका आर्थिक नीति, उपलब्धि, अवको बाटो लगायतमा छलफल गरिनेछ ।
विषय विज्ञसँग गरिने छलफल तथा अन्तक्रिया सेसनको सहजीकरणको भूमिकामा पार्टी नेताहरु पनि हुनेछन् ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया