प्रशासकीय अधिकृतसहित २७ जनाविरूद्ध ४ कराेड २१ लाख भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित २७ जना उपर आरोप-पत्र दायर गरेको छ । अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले उनीहरूविरूद्ध चार करोड २१ लाख रूपैयाँसहित विशेष अदालत काठमाडाैंमा भ्रष्टचार मुद्दा दायर गरेको हो ।
लिखु तामाकोशी गाउँपालिका, रामेछापका अध्यक्षसमेतको मिलेमतोमा उक्त गाउँपालिका वडा नं. ४ विजुलिकोट, वडा नं. ५ नागदह र वडा नं. १ दुरागाउँमा विद्युतीकरण गर्न विद्युतीय सामानहरु खरिद गर्दा खरिद समिति नबनाई टेन्डर तथा सूचना जारी नगरी आफू अनुकुलको उपभोक्ता समिति गठन गरी उक्त कार्यको अनुगमन र प्राविधिक नापजाँच नगरी भुक्तानी दिई भ्रष्टाचार गरेको उजुरीको आधारमा आरोपपत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
उनीहरूले गैरकानुनी लाभ पु-याउने नियतले अनुभव र कार्यक्षमता नभएका उपभोक्ता समितिसँग विद्युतीकरण जस्तो जटिल प्रकृतिको काम गर्न योजना सम्झौता गरी सुरु विनियोजित रकमको जनसहभागिताको अंश र कन्टिन्जेन्सीको रकम समावेश नभएको लागत अनुमानहरु स्वीकृत गरेको आरोपपत्रमा उल्लेख छ । साथै उनीहरूविरूद्ध विद्युतीकरण कार्यको प्राविधिक लागत अनुमान विना फेज परिवर्तन गराई विना खरिद समिति ट्रान्सफर्मर, पोलजस्ता सामग्री विना कुनै स्पेसिफिकेसन सोझै आपुर्तिकर्ताबाट दररेट पेश गर्न लगाएको आरोप छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया