माइग्रेनको समस्या छ ? यसरी गर्नुहोस् सामना
एजेन्सी । पछिल्लो समय माइग्रेनसँग आजित हुनेहरुको संख्या बढ्दो छ । माइग्रेन एक दर्दनाक ब्रेनको अवस्था हो । जसले, हरकोहीको जीवनशैलीलाई नै प्रभावित पार्दछ । तुलनात्मक रुपमा माइग्रेन पुरुष भन्दा महिलाहरुमा बढी देखिने गर्दछ । अत्याधिक टाउको दुख्ने, वाकवाकी लाग्ने, टाउको भारी हुने, थकान महशुस हुने, चिडचिडापन र कुनै कुरामा एकाग्रता नहुनु माइग्रेनको लक्षण हुन् । आज हामी माइग्रेनसँग कसरी सामना गर्ने भन्ने बारे चर्चा गर्दैछौँ ।
– चर्को लाइट वा उज्यालोसँग बच्ने, किनकी अति चम्किलो किरणले माइग्रेनको दुखाइलाई झन् बढाउँछ । आफ्नो टाउको र गर्दनमा तातो या चिसोले सेक्ने । यसले दुखाईमा आराम दिन्छ ।
– धेरै कफिनले डिहाइड्रेशनको समस्या निम्त्याउन सक्छ, त्यसैले सीमित र हल्का मात्रामा कफी पिउने ।
– अनिन्द्रा पनि माइग्रेनको मुख्य कारण मध्ये एक हो । त्यसैले आरामदायी निन्द्रा लिने र सुत्ने समय नियमित बनाउने । दिउँसोको समयमा ३० मिनेट भन्दा धेरै नसुत्ने । सुत्नु अघि, व्यायम, क्याफिन, नकोटिन र मदिरादेखि बच्ने ।
– प्रशोधित मासु, पनीर, चकलेट जस्ता खानेकुरा नखाने ।
– शरीरको तौल सन्तुलित राख्ने । ताजा फलफूल र सागसब्जी खाने ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया