फुटबल खेल्दा विद्यालयबाट १२ छात्रा निष्कासित !
जुम्ला । जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयले १२ छात्रालाई विद्यालयबाट निष्कासन गरेको छ । जिल्ला फुटबल संघले आयोजना गरेको अन्तरविद्यालयस्तरीय अन्डर– १६ प्रतियोगिता चन्दननाथले बहिष्कार गरेकामा विद्यालयका छात्राले निर्देशन अवज्ञा गरेको भन्दै निष्कासन नै गरेको हो ।
१७ असोजमा भैरव माविविरुद्धको सेमिफाइनलमा चन्दननाथका छात्रले गोल गरे पनि रेफ्रीले अफसाइट निर्णय लिएको भन्दै विद्यालयले खेल नै बहिष्कार गरेको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
पक्षपात गरेकाले खेलमा छात्रछात्रा दुवै नपठाउने निर्णय भएकामा निर्देशन नमानेपछि एक शैक्षिक सत्रका लागि विद्यालयबाट निष्कासन गरिएको चन्दननाथका प्रधानाध्यापक टंक महतले बताए । ‘विद्यार्थीले हामीले भनेको मानेनन् । विद्यालयको निर्णयको उल्लंघन गरे । एन्फाले अन्याय गरेको छ भन्ने थाहा पाउँदापाउँदै पनि खेल्न गएपछि हामीले छात्रालाई निष्कासन गर्यौँ,’ उनले भने । चन्दननाथले १२ छात्रालाई पत्र थमाउँदै खेलमा सहभागी विद्यार्थीलाई निष्कासन गरिएको बताएको छ ।
छात्राको खेलमा कुनै विवाद नभएको र फाइनलमा पुगिसकेकाले सोझै प्रतिस्पर्धी स्कुललाई उपाधि दिनुभन्दा खेलौँ भनेर सल्लाह गरिएको एक छात्रा खेलाडीले बताइन् । चन्दननाथले खेलमा पक्षपात भएको भन्दै एन्फामा निवेदनसमेत दिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया