प्रिमियर लिगमा अब एकै खेलमा ५ खेलाडी परिवर्तन गर्न पाइने
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आगामी सिजन पनि पाँच खेलाडी परिवर्तन गर्न पाउने भएका छन् ।
प्रिमियर लिग क्लबका शेयरधनीहरू सहमत भएसँगै एकै खेलमा पाँच खेलाडी परिवर्तन गर्ने नियम बनेको हो ।
जसअनुसार हरेक टोलीलाई खेलाडी परिवर्तनका लागि तीनपटक समय उपलब्ध गराइनेछ । सो समय टिमले एक वा सोभन्दा बढी परिवर्तन गर्न सक्नेछन् ।
यसका लागि सदा झै टिमले मध्यान्तरको ब्रेकमा समेत खेलाडी परिवर्तन गर्न पाउनेछन् ।
यसअघि फुटबलमा ३ खेलाडी परिवर्तन सकिने नियम रहेको थियो ।
तर, कोरोना भाइरसका कारण विश्व फुटबल महासंघ (फिफा)ले ५ खेलाडी परिवर्तन गर्न पाउने नियम बनाएको थियो । रोकिएको फुटबल सुरु भएपछि यो नियम पनि परिवर्तन गरिएको हो ।
यसअघि फिफाले २०२२ सम्ममात्र ५ खेलाडी परिवर्तन गर्न पाउने नियम बनाएको थियो । यसलाई अर्को सिजन पनि निरन्तरता दिएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया