एमाले जुम्लाका उपाध्यक्षविरुद्ध बाल यौन दुर्व्यवहारको उजुरी
काठमाडौं । नेकपा (एमाले) जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाहीविरुद्ध बाल यौन दुर्व्यवहारको जाहेरी परेको छ।
शाहीले केही दिनअघि १७ वर्षीया एक किशोरीलाई शारीरिक सम्पर्कका लागि प्रस्ताव गरेका थिए । उनले प्रलोभनमा पारेर किशोरीसमक्ष राखेको प्रस्तावको अडियो नै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यही अडियो प्रमाणसहित पीडित किशोरीका अभिभावकले प्रहरीसमक्ष जाहेरी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, जुम्लाले एमाले जुम्लाका उपाध्यक्ष शाहीविरुद्ध बाल यौन दुर्व्यवहारको उजुरी परेको जनाएको छ ।
पीडित किशोरीका नातेदारले बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएका हुन् । जाहेरीपछि यसबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया