NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

एमाले जुम्लाका उपाध्यक्षविरुद्ध बाल यौन दुर्व्यवहारको उजुरी

काठमाडौं । नेकपा (एमाले) जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाहीविरुद्ध बाल यौन दुर्व्यवहारको जाहेरी परेको छ।

शाहीले केही दिनअघि १७ वर्षीया एक किशोरीलाई शारीरिक सम्पर्कका लागि प्रस्ताव गरेका थिए । उनले प्रलोभनमा पारेर किशोरीसमक्ष राखेको प्रस्तावको अडियो नै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यही अडियो प्रमाणसहित पीडित किशोरीका अभिभावकले प्रहरीसमक्ष जाहेरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, जुम्लाले एमाले जुम्लाका उपाध्यक्ष शाहीविरुद्ध बाल यौन दुर्व्यवहारको उजुरी परेको जनाएको छ ।

पीडित किशोरीका नातेदारले बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएका हुन् । जाहेरीपछि यसबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष