प्रधानमन्त्री दाहाल अस्पतालबाट डिस्चार्ज
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पतालबाट डिस्चार्ज भएका छन् । छाती दुखेर नर्भिक अस्पताल भर्ना भएका उनी रिपोर्ट सामान्य आएपछि डिस्चार्ज भएका हुन् ।
अस्पतालमा उनले कोरोनरी एन्जिओग्राम टेष्ट गराएका थिए । जून मुटुसम्बन्धि परीक्षण हो । जसको रिपोर्ट सामान्य आएपछि उनी डिस्चार्ज भई प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।


प्रतिक्रिया