NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

आलोचनापछि राजेन्द्र बजगाईं–म जनताको सेवामा छु, खुट्टा तान्दै गर

काठमाडौं । प्राइभ टाइम टेलिभिजनमा मदिरा सेवन गरेर ऋषि धमलालाई अन्तर्वार्ता दिएको भन्दै नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंको चर्को आलोचना भइरहेको छ ।

अन्तर्वार्तालाई लिएर सामाजिक सञ्जाललगायतमा चर्को आलोचना भइरहेका बेला बजगाईंले भने आफ्नो खुट्टा तानिएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल एक्समा हेलिकप्टर चढेको भिडियो पोस्ट् गरेर उनले आफू जनताको सेवामा लागेकाले कसैले खुट्टा तान्दैमा केही फरक नपर्ने आशय प्रकट गरेका छन् ।

उनले अंग्रेजीमा लेखेका छन्, म जनताको सेवामा छु । तिनीहरूलाई मेरो खुट्टा तान्न देऊ ।’

 

ताजा अपडेट

नेपालवाच विशेष