‘अबको चुनावमा गठबन्धन भए कांग्रेस एक रहने कल्पना नगर्नु, क्लियर कुरा गर्दिएको छु’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन गर्ने बताएका छन् ।
नेपाल प्रेश युनियन काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८४ को निर्वाचनमा गठबन्धन गरिए कांग्रेस एक नरहने चेतावनी दिए ।
गत निर्वाचनमा गठबन्धन गरेर पहिलो पार्टी बनेको कांग्रेसको सबैस तिर रुवाबासी मात्रै भइरहेको उल्लेख गरे ।
‘०८४ सालमा चुनावमा जाँदै गर्दाखेरी हामी गठबन्धनमा जाँदै जाँदैनौं । यो कसैले कल्पनै नगरे हुन्छ,’ थापाले भने, ‘यदि कसैले गठबन्धन गरेर जान्छु भनेर भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहँदैन ।’
उनले नेपालको सन्दर्भमा निर्वाचन अगाडि गरिने गठबन्धनले प्रकारान्तरमा लोकतान्त्रिक संस्कृतिकलाई विकृत बनाउने बताए ।
‘हाम्रो लोकतन्त्रले जुन चरित्र, जुन विशेषता बोक्नुपर्ने हो त्यो बोक्नै सक्दैन, यसले तल जरासम्म कुहाउँछ । त्यसकारण निर्वाचन अगाडि गठबन्धन गर्ने कुरा रणनीतिक हिसाबले फाइदा बेफाइदा होला, तर सैद्धान्तिक हिसाबले गलत छ । यो अब मान्य हुँदैन,’ थापाले भने ।
थापाले अबको निर्वाचनमा समाजवादी मोर्चासँग चुनाव लड्ने बताए । महासमितिको बैठकले कांग्रेसले चुनावअघि गठबन्धन गर्न नहुने निर्णयमा उभिनुपर्ने उनले बताए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया