ढुंगाखानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु

धादिङ । धुनिबेँसी नगरपालिका वडा न १ स्थित जयसिद्धी रोडा ढुंगा उद्योग प्रालिले सञ्चालन गरेको ढुंगा खानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खानीमा काम गर्ने मजदुर शैलेश भन्ने शिरीष तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।
उक्त घटनापछि खानीको काम रोकिएको छ भने प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया