नेपाली सेनाप्रति घृणा फैलाउने पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय डिल्लीराम खनाल रहेका छन् ।
सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन गरेकाले कारवाहीका लागि नेपाली सेनाले पत्राचार गरेपछि साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्ने क्रममा खनालको संलग्नता रहेको खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया