NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

आज बुटवल जाँदै प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बिहीबार) बुटवल जाँदै छन्।

बिहीबार बिहान ११ बजे बुटवलको आम्दा अस्पतालमा हुन भौतिक संरचनाको शिलान्यास, उद्घाटन तथा वार्षिकी कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जाने भएका हुन् ।

उक्त कार्यक्रम सकेर दिउँसो १ बजे नेकपा(माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटीका नेताहरूसँग प्रचण्डले छलफल गर्ने पार्टीका बुटवल नगर अध्यक्ष महेन्द्र भुसालले जानकारी दिए ।

यसै गरी दिउँसो २ बजे पार्टीका विभिन्न जन वर्गीय सङ्गठनका अगुवा तथा केन्द्रीय सदस्यलाई प्रधानमन्त्री प्रचण्डले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । कार्यक्रम बुटवलको कालिकानगरस्थित एसियन होटेलमा आयोजना गरिएको छ ।