सिंहदरबारभित्र र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने
काठमाडौं । सिंहदरबार परिसरभित्रका सम्पूर्ण कार्यालयहरुमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
शनिबार बिहान चार घण्टा सिंहदरबार परिसर भित्र र आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने भएको हो ।
प्राधिकरणले आज सूचना जारी गर्दै सिंहदरबार परिसरभित्रका सबै कार्यालयहरु, जिल्ला प्रशासन कार्यालय बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्शाल, सेतोपुल, रातोपुल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया