सिंहदरबारभित्र र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने
काठमाडौं । सिंहदरबार परिसरभित्रका सम्पूर्ण कार्यालयहरुमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
शनिबार बिहान चार घण्टा सिंहदरबार परिसर भित्र र आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने भएको हो ।
प्राधिकरणले आज सूचना जारी गर्दै सिंहदरबार परिसरभित्रका सबै कार्यालयहरु, जिल्ला प्रशासन कार्यालय बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्शाल, सेतोपुल, रातोपुल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया