माओवादी केन्द्रको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित
काठमाडौं । २२ मंसिरका लागि नेकपा माओवादी केन्द्रले घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ ।
यद्यपी, काठमाडौं केन्द्रित कार्यक्रम स्थगित भए पनि अन्य पालिकाहरूमा तोकिएका जनप्रदर्शनका कार्यक्रम भने माओवादीले यथावत् राखेको छ ।
जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारणले काठमाडौं केन्द्रित जनप्रदर्शनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको पार्टीका महासचिव देव गुरूङले जानकारी दिए ।
भूकम्पले दिएको शोकमा पार्टी कमिटी पनि राहत र उद्धारका काममा खट्नुपर्ने र यस्तो बेलामा जनप्रदर्शनको कार्यक्रम काठमाडौंमा नगर्ने निर्णय भएको नेता गुरुङले बताए ।
माओवादी केन्द्रले गत मंगलबार २२ मंसिरमा काठमाडौंलगायत विभिन्न स्थानीय तहमा जनप्रदर्शन गर्न प्रदेश कमिटीहरूलाई परिपत्र जारी गरी निर्देशन दिएको थियो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया