माओवादी केन्द्रको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित
काठमाडौं । २२ मंसिरका लागि नेकपा माओवादी केन्द्रले घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ ।
यद्यपी, काठमाडौं केन्द्रित कार्यक्रम स्थगित भए पनि अन्य पालिकाहरूमा तोकिएका जनप्रदर्शनका कार्यक्रम भने माओवादीले यथावत् राखेको छ ।
जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारणले काठमाडौं केन्द्रित जनप्रदर्शनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको पार्टीका महासचिव देव गुरूङले जानकारी दिए ।
भूकम्पले दिएको शोकमा पार्टी कमिटी पनि राहत र उद्धारका काममा खट्नुपर्ने र यस्तो बेलामा जनप्रदर्शनको कार्यक्रम काठमाडौंमा नगर्ने निर्णय भएको नेता गुरुङले बताए ।
माओवादी केन्द्रले गत मंगलबार २२ मंसिरमा काठमाडौंलगायत विभिन्न स्थानीय तहमा जनप्रदर्शन गर्न प्रदेश कमिटीहरूलाई परिपत्र जारी गरी निर्देशन दिएको थियो ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया