पशुपति धर्मशालाबाट बतास समूह हट्यो, सम्झौता रद्द
काठमाडौँ । पर्यटन मन्त्री प्रेम आले बतास समूहलाई पशुपति धर्मशालाबाट हटाउन सफल भएका छन् । पशुपति क्षेत्र विकास कोषमार्फत होटल आनन्द प्रालीसँग धर्मसाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेर मन्त्री आलेले आनन्द बतासलाई पशुपतिबाट हटाएको हो ।
कोष र होटेल आनन्द प्रा.लि.बीच धर्मसालामा होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल आनन्द प्रालीले पालना नगरेकाले सम्झौता रद्द गरेको कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेसँगै कोषले सूचना प्रकासित गरी सम्झौता रद्द भएको जनाएको हो ।
कोष र प्रा.लि. बीचको सम्झौता रद्द भएको विषयमा लेखिएको पत्र कोषका पदाधिकारी तथा कर्मचारीले बुझाउन जाँदा प्रा.लि. ले बुझ्न नमानेको कोषका सदस्य सचिव डा मीलनकुमार थापाले बताए ।
सदस्य सचिव थापाले होटेल आनन्द प्रा.लि. ले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौताअनुसार पालना गरेको नपाएको बताए । उनले कोष सञ्चालक परिषद्को बैठकले सम्झौता रद्द गर्ने निर्णय गरेको बताए । त्यसरी रद्द गरेको पत्र बतास समूहले बुझ्न नमानेको थापाले बताए ।
काेषले उक्त समूहको आधिकारिक इमेलमा पत्र पठाएर सम्झौता रद्ध भएको जानकारी गराएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया