माओवादी नेतालाई आक्रमण गर्न तीन लाखको सुपारी
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता जनक बर्ताैलामाथि आक्रमण गर्न माओवादीकै अर्का नेताले तीन लाख रुपैयाँ सुपारी दिएको खुलेको छ । आक्रमणमा संलग्न तीन जना पक्राउ गरेपछि सो रहस्य खुलेको हो ।
गत २२ कात्तिकमा बानेश्वरबामा बर्ताैलामाथि टाउकोमा खुकुरी प्रहार भएको थियो । आक्रमणमा संलग्न झापा घर भएका कैलाश भन्ने टेकबहादुर प्रधान, बाँकेका शेरबहादुर थारु र आशिष लामिछाने मगर पक्राउ परेका हुन् ।
आक्रमणका लागि प्रधानले दुई लाख तथा थारु र मगरले ५०–५० हजार रुपैयाँ लिएको अनुसन्धानमा खुलेको छ । आक्रमण गर्न लगाउने व्यक्तिको पहिचान प्रहरीले गोप्य नै राखेको छ । ती व्यक्ति फरार छन् ।
एक होटलमा बसेर आक्रमणको योजना बनाएको र आक्रमणपछि हुलिया परिवर्तन गरी उनीहरु भागेको प्रहरीले जनाएको छ । प्रहरीले इलामबाट उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार पक्राउ परेका उपर ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढेको छ। जिल्ला अदालतले उनीहरुलाई १० दिन थुनामा राख्न म्याद दिएको छ । पक्राउ परेकाहरु विगतमा पनि विभिन्न अपराधिक घटनामा पक्राउ परेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।
हत्यामा प्रयोग भएको खुकुरी तथा अभियुक्तले लगाएको झोला पनि प्रहरीले बरामद गरेको छ ।

नेता बर्ताैला माओवादीको बागमती प्रदेश सदस्य, अखिल नेपाल खेलकुद महासंघको उपाध्यक्ष तथा नेपाल उसु संघका केन्द्रीय अध्यक्ष हुन् । प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसिइवीका कारण उनीमाथि आक्रमण भएको अनुमान गरिएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया