दुई दिनका लागि किन नेपाल आए कतारका विदेश राज्यमन्त्री ?
काठमाडौं । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी नेपालको दुईदिने औपचारिक भ्रमणमा बिहीबार अपराह्न काठमाडौं आइपुगेका छन् ।
उनलाई त्रिभुवत अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल तथा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अलि अल अन्सारी तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरे ।
कतारी अतिथिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री एन पी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेश राज्यमन्त्री अल मुरैखी परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गरेर आज नै स्वदेश प्रस्थान गर्नेछन् ।
ताजा अपडेट
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
स्वास्थ्य मन्त्रालयद्वारा बेडसंख्याअनुसार शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल गर्ने निर्णय
-
१ सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
प्रतिनिधिसभा बैठक बस्दै
-
यी हुन् औद्योगिक क्षेत्रको करोडौं भाडा नतिर्ने उद्योगहरू


प्रतिक्रिया