प्राविधिक अधिकृत पदहरूमा नेपाली सेनाले खुलायो भर्ना
काठमाडौं । नेपाली सेनामा प्राविधिक अधिकृत पदपूर्तिका लागि दरखास्त आह्वान भएको छ । प्राड/प्राविधिक/विविध सेवा तर्फका अधिकृत पदहरुमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न दरखास्त आह्वान भएको हो ।
नेपाली सेना, जंगी अड्डाले जारी गरेको सूचना अनुसार प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट लगायत पदमा भर्ना खुलेको छ ।
त्यस्तै मेकानिकल इन्जिनियर, अटोमोवाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर र कम्प्युटर इन्जिनियर, समाचार सम्पादक÷बाचक, फोटोग्राफर, अर्केष्ट्रा, लाइब्रेरियन र लेखा उपसेनानी पदमा समेत दरखास्त आह्वान भएको छ ।
इच्छुक र योग्य व्यक्तिले आज मंसिर २२ गतेदेखि पुस २१ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् । दोब्बर दस्तुर बुझाएर पुस २२ गतेदेखि २८ गतेसम्म पनि दरखास्त फारम बुझाउन सकिन्छ ।
दरखास्त फारम अनलाइनमार्फत भरेर, त्यसलाई प्रिन्ट गरेर १० रुपैयाँको टिकट टाँसेर बुझाउनु पर्ने सूचनामा उल्लेख छ ।

ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया