NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३० गते

गभर्नेन्स ल्याबको दुईदिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सम्पन्न

काठमाडौं । गभर्नेन्स ल्याबले नेसनल गभर्नेन्स सिम्पोजियम २०२३ सफलतापुर्वक समापन गरेको छ । नेपाल अतिकम विकसित देशबाट विकसित देशमा उक्लिन सफल भएकोलगायत अन्य महत्वपूर्ण कोसेढुङ्गाहरू पार गरेको पृष्ठभुमीमा आयोजित यस गोष्ठीले नेपालको सङ्घीय सङ्क्रमणका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याएको थियो। दायित्व र नेपाल लिडरसिप एकेडेमीको सहकार्यमा आयोजना गरिएको उक्त गोष्ठीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतका प्रमुख सरकारी निकायकोहरुको सहभागिता रहेको थियो।

‘समावेशी विकासका लागि नवीन आविष्कारहरू’ थिम राखिएको गोष्ठीमा प्रतिष्ठित व्यक्तित्वहरू र विज्ञहरूबाट राजनीतिक, आर्थिक र सामाजिक समावेशीकरणमा केन्द्रित वैचारिक सत्रहरू प्रस्तुत गरिएका  थिए । उनीहरुले नेपालमा समावेशी र सहकार्यमुलक शासनका लागि नया सम्भावनाहरूमा हस्तक्षेप गरिनुपर्नेमा जोड दिएका थिए ।

उद्घाटन सत्रमा गभर्नेन्स ल्याबका अध्यक्ष डा. पुकार मल्लले आफ्नो मन्तव्य दिएर कार्यक्रमको सुरुवात गरेका थिए भने  त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका डा. मुक्तसिंह लामा–तामाङले प्रमुख  मन्तव्य राखेका थिए ।

साथै उद्घाटन सत्रमा नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल, नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, टेवा र नागरिक आवाजका संस्थापक एवम महिला अधिकारबादी रीता थापा लगायत वरिश्ठ व्यक्तित्वहरुले समावेशी विकास सम्बन्धि आफ्नो विशेष मन्तव्य राखेका थिए ।

गोष्ठीको पहिलो दिनको पहिलो  सत्रमा नीतिगत निर्णयका लागि युवा र सरकारको सहकार्य विषयमा छलफल भएको थियो भने  दोश्रो सत्रमा  ब्रेकिंग व्यारीयर्स  : एडभानसिङ बियोन्ड रेप्रेजेन्टेसन टू  डिग्गनिटि  एन्ड सेल्फ– डिटरमिनेशन विषयमा  छलफल  भएको  थियो । त्यस्तै  गोष्ठीको पहिलो  दिनको दोश्रो  भागअन्तर्गत तेश्रो  सेसनमा राष्ट्रिय महिला उद्यम विकास नीतिको लागि मुद्ध बनाउनुपर्ने विषयमा  छलफल भएको  थियो ।

गभर्नेन्स ल्याबका अध्यक्ष डा. पुकार मल्लले भने, ‘राष्ट्रिय सुशासन गोष्ठी नेपालको विकास क्षेत्रका विविध आवाजहरूलाई एकै ठाउँमा ल्याउने मञ्च हो । यस्ता गोष्ठीहरूले नीतिनिर्माताहरू, कार्यान्वयनकर्ताहरू र जनताबीचको सम्भाभाव्य खाडललाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् जसले समावेशी विकासका लागि व्यावहारिक समाधान र मार्गहरू पहिचान गर्न योगदान पु¥याउँछ।’

गोष्ठीमा शिक्षाविद्, विभिन्न कार्यालयका कर्मचारीहरु , संघीय मन्त्रालय, स्थानीय सरकार, विकास संस्था, उद्यमी, समावेशी विकासका लागि सुशासनका आविष्कारहरूबारे बहुमूल्य दृष्टिकोण प्रदान गर्ने थिंक ट्याङ्कका प्रतिनिधिहरूलगायत सम्मानित व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

पहिलो दिन सफल भएपछि, गभर्नेन्स ल्याब, डिग्निटि ईनिशिएटिभ र नेपाल नेतृत्व प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा, राष्ट्रिय सुशासन गोष्ठी २०२३ मा दोस्रो दिनको रोमाञ्चक घटनाक्रमहरू साझा गर्न पाउँदा खुसी छ। अल्पविकसित देशको स्थितिबाट, गोष्ठीले राष्ट्रको सङ्घीय सङ्क्रमणका प्रमुख सरोकारवालाहरूका लागि निर्णायक प्लेटफर्मको रूपमा काम गर्न जारी राखेको छ ।

‘समावेशी विकासका लागि आविष्कारहरू’ भन्ने विषयलाई लिएर निर्माण गरिएको गोष्ठीको दोस्रो दिन नेपालमा समावेशी विकासका लागि नवीन समाधानहरू पहिचान गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै आकर्षक सत्रहरूको शृङ्खलाको साथ सुरु भयो ।

ताजा अपडेट

नेपालवाच विशेष