क्रिसमस र अंग्रेजी नयाँ वर्षलक्षित भाटभटेनीको ‘विन्टर अफर’ सार्वजनिक

काठमाडाैं । भाटभटेनी सुपरमार्केटले क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर एक महिने ‘विन्टर अफर’ सार्वजनिक गरेको छ ।
दाल, गेडागुडी, तेल, चामल र डेरी प्रोडक्टमा ५ प्रतिशत, विद्युतीय सामग्रीमा २० प्रतिशत र बाँकी सबै प्रकारका सामग्री खरिदमा १० प्रतिशत छुटको व्यवस्था मिलाइएको एक विज्ञप्तिमार्फत् जनाइएको छ ।
त्यसैगरी पेपे आइसक्रिम खरिदमा एक किन्दा अर्को एक आइसक्रिम प्राप्त गर्न सकिने छ । यो योजना पुस १ गतेदेखि एक महिनासम्म लागु हुनेछ । भाटभटेनी सुपरमार्केटका २६ वटै स्टोरबाट यो योजनाको फाइदा लिन सक्नेछन् ।
भाटभटेनी सुपरमार्केटमा अहिले एक लाख पचास हजार भन्दा बढी प्रकारका सामग्री रहेका छन् । यी सबै प्रकारका सामग्री खरिदमा ‘विन्टर अफर’मा दिइएको छुट प्राप्त गर्न सकिनेछ ।
‘देश आर्थिक मन्दीले आक्रान्त भएको छ, यस्तो दुःखको बेलामा आम उपभोक्ताले केही सहुलीयत प्राप्त गर्न सकुन् भनेर हामीले यो योजना ल्याएका हौँ,’ भाटभटेनीका चिफ अपरेटिङ् अफिसर्स पानु पौडेलले भने, ‘विद्युतीय सामग्री खरिद गर्दा २०, दाल, गेडागुडी, तेल, चामल र डेरी प्रोडक्टमा ५ प्रतिशत र अरु जुनसुकै सामग्री खरिद गर्दा १० प्रतिशत छुट पाइने व्यवस्था मिलाएका छौँ ।’
व्यवसायीयले नाफा आर्जन गर्नेमात्रै नभई आम उपभोक्तालाई सहुलीयत दिने विषयमा पनि ध्यान पु¥याउनुपर्छ भनेर यस्तो योजना सार्वजनिक गरिएको उनले बताए ।
‘बजारमा चिनीको हाहाकार भइरहेका बेलामा पनि हामीले सुपथ मूल्यमा उपभोक्तालाई चिनी उपलब्ध गराएको यहाँहरुमा विदितै छ,’ भाटभटेनीका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ । भाटभटेनीले यसअघि दशैं तिहार र छठ पर्वको अवसरमा पनि विशेष छुट प्रदान गरेको थियो । आम उपभोक्ता केन्द्रित भएर भाटभटेनीले यस्ता योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया