बालुवाटारमा शीर्ष नेताको बैठक जारी
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा शीर्ष नेताबीच अहिले बालुवाटारमा बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संक्रमणकालीन न्याय छलफलको मुख्य एजेण्डा रहेको बताइएको छ ।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।


प्रतिक्रिया