कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्न लागेको बैठकमा कांग्रेसको तर्फबाट विभिन्न मन्त्रालयको नेतृत्व गरेका मन्त्रीहरूले आफूले गरेको कार्यसम्पादनको बारेमा केन्द्रीय समितिलाई अवगत गराउने कार्यसूची रहेको कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
यस्तै बैठकमा आगामी पुस १६ गते पार्टीले मेलमिलाप दिवस मनाउने सम्बन्धमा, महासमिति बैठकको तयारीलगायतका विषयमा छलफल हुनेछ । यसैगरी राष्ट्रियसभा निर्वाचनमा आवश्यक मापदण्ड र पार्टीले यसअघि नै सुरु गरेको समुदायमा कांग्रेस अभियानका सम्बन्धमा समेत छलफल हुने विश्वकर्माले बताए ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया