भारतमा आगलागी हुँदा ६ जनाको मृत्यु, नौ घाइते

भारत । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको एक कारखानामा शनिबार र आइतबारको मध्यरातमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
राज्यको छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो ।
आगलागीको कारण खुल्न सकेको छैन । घटनाको विवरण दिनका लागि आफू आधिकारिक व्यक्ति नभएको जनाउँदै एक प्रहरी अधिकारीले भने, ‘हामीलाई करिब १:१५ बजे फोन गरेर आगलागी भएको जानकारी आएको थियो । हामी आगो निभाउने उपकरणसहित घटनास्थलमा पुग्यौं । आगो निभाइएको छ । छ जनाको शव फेला परेको छ ।’
‘घटनाको पुष्टि गर्दै स्थानीय दमकल विभागका एक अधिकारीले भने, ‘घटनामा छ जनाको मृत्यु भएको र नौ जनालाई घाइते अवस्थामा स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।’
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकसङ्ख्या थप हुनसक्ने उनले बताए ।
ताजा अपडेट
-
‘गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्छ, राजीनामा आवश्यक छैन’-सञ्चार मन्त्री गुरुङ
-
अझै बस्न सकेन प्रतिनिधिसभा बैठक
-
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुझाव प्रस्तुत
-
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
-
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
प्रतिक्रिया