माइतीघरमा धोती दिवस मनाउन प्रहरीले रोक्यो, सिके राउतसहित केही पक्राउ
काठमाडौं । ‘धोती दिवस’ मनाउन काठमाडौंको माइतीघर मण्डलामा भेला भएको एक समूहलाई प्रहरीले हस्तक्षेप गरेको छ ।
तराई तथा मधेस मूलका मानिसहरूले केही समयदेखि जनवरी १ लाई धोती दिवसका रूपमा मनाउँदै आएका छन् । विगतजस्तै यस वर्ष पनि धोती दिवस मनाउन उनीहरू माइतीघर मण्डला पुगेका थिए । तर प्रहरीले निषेधित क्षेत्र तोडेको भन्दै उनीहरूलाई तितरबितर पारेको छ । केहीलाई नियन्त्रणमा लिइएको छ ।
जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले धोती दिवस मनाउन पुगेका आफ्ना पार्टीका अध्यक्ष सिके राउत, आफूसहित पार्टीका करिब ३० नेता-कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।
काठमाडौंको सुरक्षा व्यवस्थालाई मध्यनजर गरेर सरकारले केही समयअघि माइतीघर मण्डलालगायत उपत्यकाका विभिन्न क्षेत्रमा –याली, जुलुस, प्रदर्शन गर्न निषेध गरेको छ ।
ताजा अपडेट
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
-
सुनको मूल्य ३ लाख माथि पुग्यो


प्रतिक्रिया